News Portal

  • छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता८ बैशाख, २०८२
    २१९ पटक
    ८ बैशाख, २०८२

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले विद्यमान संस्थापक शेयरधनीहरुले खरिद गर्ने गरी सो शेयर बिक्रीमा राखेको हो ।

    उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    स.स्थाले तोकिएको यस म्यादभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ।

    प्रतिकृया दिनुहोस्