News Portal

  • नेपाल एसबिआई बैंकका ग्राहकलाई धुलिखेलको रिसोर्टमा छुट

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८२
    २० पटक
    ७ बैशाख, २०८२

    काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गर्दै धुलिखेलस्थित दुशित थानी हिमालयन रिसोर्टसँग विशेष छुट दिने सम्झौता गरेको छ । यस सम्झौता अनुसार, ग्राहकहरूले उक्त रिसोर्टमा खाना, पेय पदार्थ तथा अन्य सेवाहरूमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । ​

    उक्त सम्झौता बैंकका उप–प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पाण्डा र दुशित थानी हिमालयन रिसोर्टकी एसोसिएट डाइरेक्टर (सेल्स एण्ड मार्केटिङ) सिटु श्रेष्ठबीच आदान–प्रदान भएको हो । ​

    यस किसिमको सहकार्यले ग्राहकहरूलाई उच्चस्तरीय सेवा अनुभव गराउने लक्ष्य राखिएको छ । बैंकले यसअघि पनि विभिन्न होटल तथा रिसोर्टहरूसँग यस्ता सम्झौताहरू गर्दै आएको छ, जसले ग्राहकहरूलाई विविध सेवाहरूमा विशेष छुट प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्