

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा ९१.८१ प्रतिशत घटेर
१५ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेर ७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ९ महिनामा बैंकले ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चैत मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी ४०.६६ प्रतिशत घटेर ९६ करोड ८१ लाख रुपैयाँ, सञ्चालन नाफा ६४.४० प्रतिशत घटेर १ अर्ब २९ करोड ५ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत घटेर ९ अर्ब १९ करोड २२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक थियो ।
१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष १.४५ प्रतिशत बढेर १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको छ ।
चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन १६.९५ प्रतिशत घटेर २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ र कर्जा लगानी १३.९४ प्रतिशत घटेर २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँमा झरेको छ ।
बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १५.८९ रुपैयाँ घटेर १.४० रुपैयाँमा सीमित भएको छ । बैंकको मूल्य आम्दानी अनुपात २६६.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२.८५ रुपैयाँ रहेको छ ।
यसअवधिमा बैंकको खराब कर्जा ५.७५ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ३.०८ प्रतिशत थियो ।