
काठमाडौं । विभिन्न ४ वटा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले वैशाख ९ गतेसम्म आवेदन दिनुपर्नेछ । खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १ लाख २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
यस्तै, कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले २ लाख १४ हजार १११ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनी शान्त राज बतासले आफ्नो नाममा रहेको १ लाख ४२ हजार ५१३ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र आवश्यक कागज प्रमाणसहित बोलपत्र पेस गर्नुपर्नेछ ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक समूहको ४० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ । बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले वैशाख ८ गतेसम्म आवेदन दिनुपर्नेछ ।