News Portal

  • आवश्यक कागजपत्र बुझाइ बीमा दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई नेको इन्स्योरेन्सको आग्रह

    आर्थीकसंसार संवाददाता१५ चैत्र, २०८१
    १९७ पटक
    १५ चैत्र, २०८१

    काठमाडौं । नेको इन्स्योरेन्सले आवश्यक कागजपत्र बुझाइ दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ।

    कम्पनीले आज एक सूचना जारी गर्दै फागुन मसान्तसम्ममा पर्न आएका बीमा दाबीका सम्बन्धमा बीमितसँग यस्तो आग्रह गरेको हो। ‘फागुनसम्म परेका दाबीका सम्बन्धमा हालसम्म कम्पनीमा वा सर्भेयरलाई दाबी फर्छ्यौट गर्न आवश्यक कागजात पेस नभएका वा कम्पनीको सम्पर्कमा नआएका बीमितलाई यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय वा नजिकको शाखा कार्यालय वा सर्भेयरसँग सम्पर्क गरी दाबी भुक्तानी प्रक्रिया बढाउन अनुरोध गर्दछौँ’, सूचनामा भनिएको छ।

    तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमितका बीमा दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

    प्रतिकृया दिनुहोस्