News Portal

  • सिटिजन्सले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

    आर्थीकसंसार संवाददाता८ पौष, २०७७
    १६९३ पटक
    ८ पौष, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महिला उद्यमी महासंघ नेपालका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बुधबार बैंक र महासंघबीच महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।
    बैंकले महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गर्ने जनाएको छ । महिला उद्यमशीलताको विकासको हेतु चाहिने आर्थिक आवश्यकताको मागलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास बैंकले लिएको जनाएको छ । बैंकले देशैभरी छरिएका १०९ वटा शाखाहरुबाट विभिन्न शीर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्