News Portal

  • वैवाहिक वर्षगाँठमा पत्निलाई ५० लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता२८ फागुन, २०८१
    १० पटक
    २८ फागुन, २०८१

    काठमाडौं । पछिल्लो समय विभिन्न चार्डपर्वमा बीमा पोलिसी उपहार दिने चलन बढ्दै आइरहेको छ । यसैबीच कंचनपुर भिमदत्तनगरपालिका -८ निवासी डम्बर दत्त जोशिले वैवाहिक वर्षगाँठमा पत्निलाई बीमा पोलिसी उपहार दिएका हुन् ।

    पेसाले जोशि शिक्षक हुन् । उनले १६ ओैं वैवाहिक बर्षगाँठमा नेशनल लाइफ महेन्द्रनगर शाखाका शाखा प्रमुख अमर सिह धामिसंग सम्पर्क गरि सल्लाह गरेर बीमा पोलिसी उपहार दिएका हुन् ।

    उनले अमृतश्री अग्रिम भुक्तानी २० बर्षे योजना ५० लाखको बीमा योजना खरिद गरि पत्निलाई उपहार स्वरुपदिएका हुन् । बीमा आफ्ना लागि र आफ्नो परिवारका लागि हो, सबैले आ आफ्नो क्षमता अनुसारको बीमा अनिवार्य गराउनु पर्छ उनले भने ।

    प्रतिकृया दिनुहोस्