News Portal

  • शंकरले छोराको जन्मदिनमा दिए ३५ लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता२७ फागुन, २०८१
    १३ पटक
    २७ फागुन, २०८१

    काठमाडौं । कंचनपुर भिमदत्तनगरपालिका ६ निवासी शंकर चन्दले छोरालाई बीमा पोलिसी उपहार दिएका छन् । उनले आफ्नो छोराको जन्मदिनमा बप्मा पोलिसी उपहार दिएका हुन् । नेशनल लाइफ महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दको सल्लाहमा बीमा पोलिसी उपहार दिएका हुन् ।

    चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्द देशभरि बाट नै टप टेन र सुदुरपश्चिम प्रदेशबाट लगातार दुई पटक प्रदेश प्रथम हुन सफल ब्यक्ति हुन्। उनले शंकर चन्दलाई सल्लाह दिँदै नेशनल लाइफको उत्कृष्ट बीमा योजना बचत अमृत सावधिक १० बर्षे योजनाका बारेमा बुझाएका थिए ।

    जुन बीमा योजना अनुसार १० बर्षे बीमा योजनामा बीमितले केवल ८ किस्ता मात्रै जम्मा गर्नुपर्ने हुन्छ र अन्तिमका २ किस्ता छुट हुने गर्दछन। बीमा अवधि समाप्तिमा भने पुरै १० बर्षको बोनश र बीमाङ्क रकम एक मुष्ठ रुपमा बीमितले पाउने गर्दछन्। यो बीमा योजना खरिद गरि शंकर चन्दले छोराको जन्मदिनको उपहार स्वरुप ३५ लाखको बीमालेख उपहार दिँदै जन्म दिन मनाएका हुन् ।

    शंकर चन्दले भने, ‘नेशनल लाइफका बारेमा अलिअलि अनलाइनबाट सुनेको र बुझेको थिए तर चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दलाई भेटेर सबै कुरा बुझ्दा त बीमा क्षेत्रमै सबै भन्दा पुरानो अग्रणी र विस्वासीलो कम्पनी नेशनल लाइफमा बीमा गराउन पाउँदा आफुलाई भाग्यशालि ठानेको छु।’

    प्रतिकृया दिनुहोस्