आर्थीकसंसार संवाददाता१९ फागुन, २०८१

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको हो ।
कम्पनीले व्यतित बीमालेखहरु आज फागुन १९ गतेदेखि फागुन २९ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ। ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा ७५ प्रतिशत र ७ वर्षदेखि माथि व्यतित बीमालेख ५० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ ।