News Portal

  • नेपाल लाइफले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५०% सम्म छुट दिने

    आर्थीकसंसार संवाददाता१५ फागुन, २०८१
    १२४ पटक
    १५ फागुन, २०८१

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै १०८१ फागुन १५ गतेबाट २०८२ साउन १३ गतेसम्म नवीकरण गरिने व्यतित बीमालेखमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको जानकारी दिएको हो।

    बीमितले भुक्तानी गर्नुपर्ने ििमतले १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा उक्त छुट प्रदान गर्ने भएको हो । यो योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरण मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।

    यसैगरी एकपटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितलाई पूरा बीमा अवधिभरि पुनः छुट नहुने पनि कम्पनीले स्पष्ट पारेको छ।
    प्रतिकृया दिनुहोस्