News Portal

  • एलआइसी नेपालको लगभग सबै लिलामी शेयर एनआरएन इन्फ्रास्ट्रक्चरले उठायो

    आर्थीकसंसार संवाददाता१३ फागुन, २०८१
    १९३ पटक
    १३ फागुन, २०८१

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडकोे अवितरित हकप्रद शेयर लिलाम बढाबढमार्फत खरिद आव्हान गरेकोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड कुल सर्वसाधारण समूहतर्फको ४,९२,५७७ कित्ता मध्ये ४,७५,७०० कित्ता अवितरित हकप्रद शेयरहरु प्राप्त गर्ने एकमात्र कम्पनी बनेको छ ।

    एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड नेपालको विभिन्न क्षेत्रमा लगानी गर्ने, सूचीकृत कम्पनी हो । पछिल्ला दिनहरूमा यस, कम्पनी आक्रमक रूपमा लगानी परिचालनमा सक्रिय देखिदै आएको छ ।

    अघिल्लो वार्षिक साधारणसभाबाट साविकका संस्थापक शेयरधनीहरुलाई विस्थापित गर्दै दोस्रो बजारबाट शेयर लिएका र शेयर बजारमा अभ्यस्त मध्येबाट अधिकांश संचालक चयन भएका थिए ।

    प्रतिकृया दिनुहोस्