News Portal

  • प्रभु महालक्ष्मी लाइफको करिब सवा २ लाख कित्ता शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता६ फागुन, २०८१
    २३२ पटक
    ६ फागुन, २०८१

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब सवा २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

    कम्पनीको संस्थापक समूहको २ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक जोकोही सर्वसाधारणले खरिद निवेदन दिन सक्नेछन्। यसअघि संस्थापक शेयरधनीका लागि शेयर बिक्री खुला गरिएका थियो। तर, संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।

    इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

    प्रतिकृया दिनुहोस्