आर्थीकसंसार संवाददाता४ फागुन, २०८१

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । संस्थाले शनिबार स्थानिय निशा केसीको घरमा नै पुगेर उक्त ह्वीलचेयर वितरण गरेको हो ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, संचालक रेशमलाल सापकोटा, पुर्वसंचालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिबराम जोशी तथा स्थानीय समाजसेवी र बुद्धिजिवीहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले संस्थाले हाल सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्व लगायत अन्य कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए ।
यसैबीच, संस्थाले यही फागुन १० गते वार्षिक साधारण सभा गर्ने तयारी गरेको उनले जानकारी दिए ।