News Portal

  • सम्झनाले छोराको जन्मदिनमा दिइन् १० लाखको बीमा पोलिसी उपहार

    आर्थीकसंसार संवाददाता१ फागुन, २०८१
    १९७ पटक
    १ फागुन, २०८१

    काठमाडौं । आफ्नो छोराको जन्म दिनको विशेष अवसरमा आमा सम्झना के. सी कार्कीले आफ्नो छोरा शिशिर कार्कीलाई विशेष उपहार स्वरूप अनमोल रत्न सावधिक जीवन बीमा योजना १० लाख रुपैयाँ बीमांक रकमको उपहार दिएकी छन्।

    छोराको उज्ज्वल भविष्यका लागि हिमालयन लाईफ भरतपुर शाखामा कार्यरत एमडीआरटी तथा एजेन्सी म्यानेजर रामकाजी पाण्डेको सहजकर्तामा यो बीमा योजना लिएको सम्झनाले बताएकी छन्। बीमा योजना सँग सँगै लिन सकिने राइडर सुविधाबारे भरतपुर शाखा प्रबन्धक भिम लाल पौडेल बाट राम्रोसँग जानकारी प्राप्त गरेपछि आफ्नो छोराका लागि यो उपहार प्रदान गर्ने निर्णय लिएको उनको भनाइ छ।

    आफ्नो छोराको उज्ज्वल भविष्य सुनिश्चित गर्न र भविष्यमा आईपर्न सक्ने आर्थिक भार कम गर्न यो बीमा योजनाले साथ दिनेमा आफू ढुक्क रहेको उनले बताइन्।

    प्रतिकृया दिनुहोस्