News Portal

  • आइएमई लाइफको लाभांश घोषणा, शेयरधनीलाई आकर्षक प्रतिफल

    आर्थीकसंसार संवाददाता२९ माघ, २०८१
    १४७ पटक
    २९ माघ, २०८१

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको आज साँझ बसेको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०।८१ का लागि आकर्षक लाभांश घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

    घोषित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्