काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डबाहक ग्राहकले ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा सेवा लिँदा विशेष छुट पाउँनेछन् ।
बैंकले हाल ११० वटा शाखा, ९९ वटा एटीएम र १०४ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ । साथै कोभिड–१९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकले विभिन्न योजनाहरु सञ्चालनमा ल्याएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक र ल्याण्डमार्क होटलबीच विशेष छुटसम्बन्धी सम्झौता
आर्थीकसंसार संवाददाता५ पौष, २०७७
५ पौष, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता