News Portal

  • अर्बिट इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

    आर्थीकसंसार संवाददाता२८ माघ, २०८१
    ४६ पटक
    २८ माघ, २०८१

    काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५०,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

    उक्त सम्झौता—पत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक श्री सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

    अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका स्थित साभाखोलाको पानी सदुपयोग गरि सभा खोला बी २१.५ मेगावाट र सभा खोला सी ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिव ५५ प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ । आयोजनामा भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रोमेकानिकल समाग्रीहरु जडान गरि अवको १ बर्ष भित्र आयोजना संचालनमा ल्याउने कम्पनीले जनाएको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्