News Portal

  • नेपाल लाइफको अधिकांश सूचकमा बृद्धि, खुद बीमाशुल्क आर्जन १२ प्रतिशतले बढ्यो

    आर्थीकसंसार संवाददाता२७ माघ, २०८१
    २०८ पटक
    २७ माघ, २०८१

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि भएको छ ।

    वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ४६ करोड ८१ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४२ करोड ७७ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ९ दशलमव ४४ प्रतिशतले बढेको छ।

    ८ अर्ब २० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २६ लाख रुपैयाँ रहेको छ । अघिल्लो अन्य इक्विटीमा ७५ करोड ८२ लाख रुपैयाँ रहेको थियो।

    प्रतिकृया दिनुहोस्