News Portal

  • हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

    आर्थीकसंसार संवाददाता२५ माघ, २०८१
    १०० पटक
    २५ माघ, २०८१

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    नेप्सेले यस दिन इन्स्योरेन्सको १४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४२८ रुपैयाँ ७७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ४८८ रुपैयाँ ८० पैसाका आधारमा शेयरमूल्य समायोजन गरेको हो।

    यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ। इन्स्योरेन्सले फागुन ११ गते, आइतबार, अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

    प्रतिकृया दिनुहोस्