News Portal

  • बीमक संघका अध्यक्ष क्षेत्रीले सार्वजनिक गरे १२ बुँदे प्रतिवद्धता

    आर्थीकसंसार संवाददाता२५ माघ, २०८१
    २०५ पटक
    २५ माघ, २०८१

    काठमाडौं । नेपाल बीमक संघका नवनिर्वाचित अध्यक्ष बिरेन्द्र बैदवार क्षेत्रीले आवासीय तथा व्यवसायिक भवनको बीमा गर्ने वातावरण बनाउन संघले सम्बन्धित निकाय र सरोकारवालासँग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

    संघको शुक्रबार साधारणसभामा बोल्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीले विभिन्न १२ बुँदे प्रतिवद्धता जनाउँदै यस्तो बताए।

    उनले विपन्न तथा निम्न वर्गका नागरिकहरु प्राकृतिक प्रकोपबाट सबैभन्दा बढी प्रभावित हुने भएकाले बीमाको दायरामा समाहित गरि बीमा पहुँचको खाडल कम गर्न ‘जलवायु परिवर्तनको छैन सीमा, सुनिश्चित गरौँ समावेशी बीमा’ भन्ने नारालाई व्यहारमा लागू गर्न आफू क्रियाशील रहने पनि प्रतिवद्धता जनाएका हुन् । यस्तै, उनले बीमा मध्यस्थकर्ता सर्भेयर, अभिकर्ता, पुर्नबीमा दलाल र तेस्रो पक्ष सहजकर्ता०हरुको कार्यसम्पादनलाई पारदर्शी गराउने पनि बताए ।

    यस्ता छन् अध्यक्षले जारी गरेका १२ बुँदे प्रतिवद्धताः

    प्रतिकृया दिनुहोस्