News Portal

  • संस्थापकले बिक्रीमा राखे एनएमबि बैंकको सेयर, सर्वसाधारणले समेत किन्न पाउने

    आर्थीकसंसार संवाददाता१८ माघ, २०८१
    ४३ पटक
    १८ माघ, २०८१

    काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।

    बैंकका अनुसार विविन्न सेयरधनीहरूले ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् ।

    खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

    प्रतिकृया दिनुहोस्