![](https://aarthiksansar.com/wp-content/themes/aarthiksansar/images/1px.gif)
काठमाडौं । निर्जीवन बीमक, दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत १० लाख रूपैयाँ नगद आर्थिक सहयोग प्रदान गरेको छ । आफनै नातेदार तथा अन्य व्यक्तिबाट बलात्कृत महिला तथा बालबालिकाको उद्धार गृह, ललितपुरस्थित अन्तरदृष्टी नेपाललाई पीडितहरुको पालन पोषण तथा शिक्षाको लागि इन्स्योरेन्सले यो सहयोग राशी प्रदान गरेको हो ।
यस कम्पनीका नेपाल स्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत टी चक्रवर्तीले संस्थाका प्रतिनिधिलाइ सहयोग राशीको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा चक्रवर्तीले पीडित महिला तथा बालबालिकारुको निःस्वार्थ रुपमा उद्धार तथा जीवनयापनमा सहयोग गर्दै आईरहेको सामाजिक संस्था अन्तरदृष्टी नेपालका सबै सदस्यलाई धन्यवाद ज्ञापन गरे।
संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत इन्स्योरेन्सले गत असोज महिनामा भीषण बाढी पहिरोबाट पीडित परिवारको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रूपैयाँ नगद राशी योगदान गरेको थियो।