News Portal

  • नेप्सेमा महुली लघुवित्तको एफपीओ सूचीकृत, मंगलबारबाट कारोबार गर्न मिल्ने

    आर्थीकसंसार संवाददाता१४ माघ, २०८१
    २९६ पटक
    १४ माघ, २०८१

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

    संस्थाको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको हो। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न मिल्ने भएकोले एफपीओमा परेको शेयर सर्वसाधारणबाट मंगलबार किनबेच गर्न पाउनेछन्।

    संस्थाले गत पुस ५ गतेदेखि पुस ९ गतेसम्म एफपीओ बिक्री खुला गरेको छ।

    एफपीओको बाँडफाँट गत पुस १९ गते गरिएको थियो। जसमा भाग्यमानी ४७ हजार ५५४ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका थिए भने तिनैमध्ये ९ जनाले थप १ कित्ताका दरले शेयर हात पारेका थिए।

    प्रतिकृया दिनुहोस्