१४ माघ, २०८१काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२५ का लागि छनौट भएका अभिकर्तालाई सम्मान गरेको छ। पोखरामा माघ १० देखि १३ गतेसम्म ४ दिन चलेको एमडीआरटी सेलिब्रेसन एन्ड भिजन क्र्याफ्टिङ २०२५ कार्यक्रम उल्लास, उत्सव र व्यावसायिक क्षमता अभिवृद्धिका लागि सोच परिवर्तन तालिमका साथ सम्पन्न भएको हो।
कार्यक्रम उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले अभिकर्ताहरुको उपलब्धिलाई कम्पनीले सदा सम्मान गर्ने बताए। यस पटकको सम्मान कार्यक्रम उत्सवमात्र नभएर महाउत्सवका रुपमा रहेको उनको भनाइ थियो।
कार्यक्रममा मुख्य आकर्षण एमडीआरटी सम्मान, व्यावसायिक क्षमता अभिवृद्धिका लागि सोच परिवर्तन तालिमका साथै पोखरा र आसपासमा रहेका धार्मिक एवं पर्यटकीयस्थलको भ्रमण रहेको थियो।
कार्यक्रममा एमडीआरटी २०२५ का लागि छनोट भएका अभिकर्ताका साथै उच्च व्यवस्थापन टिम गरी करिब २५० जनाको सहभागिता थियो।


प्रभु महालक्ष्मी लाइफका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै एमडीआरटीका लागि छनौट भएका अभिकर्ताहरुले अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउनु रहेको बताए। उनले अभिकर्ताले प्रयास गरे केही असम्भव नहुने पनि बताए। अन्य सहभागीहरुलाई सम्मानित अभिकर्ताहरुबाट सिक्न र जोस जागरका साथ काम गर्न उनले हौसला प्रदान गरे।

