आर्थीकसंसार संवाददाता१२ माघ, २०८१
१२ माघ, २०८१काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड सुदुरपश्चिम प्रदेशको उप प्रादेशिक कार्यालय डडेलधुराले माघ ११ र १२ गते दिपायल ,साफेबगर र मङलसेन जिल्लामा ज्याकेट बितरण गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १०० पीस ज्याकेट वितरण गरेको हो ।
कम्पनीको प्रदेश उप प्रमुख टेक राज आचार्यले विभिन्न स्थानमा आफै पुगेर बिपन्न तथा आसाय परिवारलाई ज्याकेट वितरण गरेका बताए । गत बर्ष पनि कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत दार्चुला ,बैतडी ,डडेलधुरा र बाजुरा जिम्लामा करिब ३०० जनालाई न्यानो कपड़ा ज्याकेट वितरण गरेको थियो ।
हिमालयन लाइफ इन्स्योरेन्स जनाताको हरेक दुःखमा आर्थिक क्षती विरुद्धको सुरक्षा कबज बनेर सदैब जनताको अगाडि खडा हुने बिश्वास आचार्यले गरे ।