News Portal

  • गार्डियनको व्यापार २ हजार गुणाले बढाएका छौं, लाभांश यसै वर्षदेखि दिन्छौं : सीईओ भण्डारी

    आर्थीकसंसार संवाददाता६ माघ, २०८१
    ४२ पटक
    ६ माघ, २०८१

    काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले कम्पनीले चालु आर्थिक वर्षदेखि नै लाभांश वितरण गर्ने बताएका छन् । कम्पनीले निष्काशन गरेको आईपीओ बाँडफाँड कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले भने, ‘कम्पनीले चालु आव २०८१/०८२ देखि नै लाभांश वितरण गर्न सक्षम भएको छ । हामी व्यापार वृद्धिमा लागि परेका छौं । लगानीकर्ताले चालु आर्थिक वर्षदेखि नै लाभांश पाउँछन् ।’

    यस्तै, सीईओ भण्डारीले कम्पनीको व्यावसायिक अवस्था सकारात्मक तरिकाले अघि बढिरहेको पनि बताएका छन् । उनले गत वर्षहरूको तुलनामा कम्पनीले २ हजार गुणा धेरै व्यापार गरिरहेको दाबी गरेका छन् ।

    उनले सस्टेनेबल र लङ टर्म बिजनेस गरिरहेको पनि बताए ।

    कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज आइतबार भएको थियो । बाँडफाँड कुमारी क्यापिटलमा भएको थियो ।

    प्रतिकृया दिनुहोस्