News Portal

  • यी हुन् हिमालयन बैंकका १६ ठुला सेयरधनी, कसको स्वामित्व कति ?

    आर्थीकसंसार संवाददाता५ माघ, २०८१
    ३०२ पटक
    ५ माघ, २०८१

    कठमाडौं । हिमालयन बैंकमा लागानी गर्ने ठुला सेयरधनीहरुको संख्या १६ रहेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन अनुसार बैंकमा ०.५ प्रतिशत भन्दा धेरै सेयर स्वामित्व रहेका सेयरधनीको संख्या १६ रहेको छ ।

    ठुला सेयरधनीहरुमा ९ वटा संस्था र ७ जना व्यक्तिहरु रहेका छन् । बैंकमा सबैभन्दा धेरै सेयर हबिब बैंकको रहेको छ । हबिबको १२.९३ प्रतिशत सेयर स्वामित्व छ भने कर्मचारी सञ्चयक कोषको १२.६२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

    यसैगरी, नेशनल ट्रेडिङ कम्पनीको ८.२६, म्युचुअल ट्रेडिङ कम्पनीको ७.६६, आभा इन्टर्नेशनलको ७.४६, छाँया इन्टर्नेशनलको ५.७८, प्रदिप जंग पाण्डेको १.९८, सशिकान्त अग्रवालको १.७१, इच्छाराज तामाङको १.३६, नेशनल लाइफ इन्स्योरेन्सको १.२५, एसियन इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीको ०.७७ र रिता मल्लको ०.७३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

    यस्तै, प्रभा गोइन्का भिमसरीयाको ०.६८ प्रतिशत, अम्बिका शाहको ०.६१, विजया इन्टर्नेशनलको ०.५४ र अनजु खेतानको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको विवरणमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्