News Portal

  • आईसीएफसी फाइनान्सको वार्षिक साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?

    आर्थीकसंसार संवाददाता७ पुष, २०८१
    ३२१ पटक
    ७ पुष, २०८१

    काठमाडौं । आईसीएफसी फाइनान्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

    कम्पनी सञ्चालक समितिको बैठकले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजेबाट सुरु हुनेछ।

    सभाले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ५.२६६२ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

    सभाले कम्पनीमा संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

    लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    प्रतिकृया दिनुहोस्