News Portal

  • राष्ट्रिय जीवन बीमा कम्पनीले सुरू गर्याे वैदेशिक रोजगार बीमा

    आर्थीकसंसार संवाददाता२ पुष, २०८१
    १३ पटक
    २ पुष, २०८१

    काठमाडाैं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा सुरु गरेको छ । श्रम इजाजत प्राप्त व्यक्तिले इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर प्रयोग गरि बीमा गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

    साथै वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीहरुले पनि इसेवाबाट सम्बन्धित कामदारको लागि बीमा गराउन सक्ने जनाइएकाे छ ।

    कम्पनी लामाे समयदेखि वैदेशिक राेजगार म्यादी जीवन बीमाबाट बाहिर रहेकाे  थियाे । गत साउन १ गतेदेखि लागु हुने गरि नेपाल बीमा प्राधिकरणले वैदेशिक राेजगार म्यादी जीवन बीमामा पुल प्रणाली लागु गरेकाे  थियाे । यससँगै कम्पनीले साे बीमालेख जारी गर्न सुरू गरेकाे हाे ।

    प्रतिकृया दिनुहोस्