News Portal

  • इन्फ्राष्ट्रक्चर बैंकको निमित्त सिईओमा पाण्डे नियुक्त

    आर्थीकसंसार संवाददाता१ पुस २०७७
    २१८४ पटक
    १ पुस २०७७

    काठमाडौं । देशकै सबैभन्दा ठूलो वित्तीय संस्था नेपाल पूर्वाधार बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डेपुटी सीईओ भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकका सीईओ अनिल ज्ञवालीको कार्यकाल हिजोबाट सकिएपछि नयाँ सीईओ नआउँदासम्मको लागि निमित्त सिईओ तोकिएको बैंकका सूचना अधिकारी सुवर्णकुमार सिंहले जानकारी दिए ।
    हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको सो बैंकले जनाएको छ । पाण्डेले बैंक तथा बीमा कम्पनीमा गरी १९ वर्ष काम गरेर अनुभव बटुलिसकेका छन् । पाण्डे एनएलजी इन्स्योरेन्स कम्पनीमा सञ्चालक भएर समेत काम गरिसकेका बीमाबारे जानकार व्यक्ति हुन् ।

    प्रतिकृया दिनुहोस्