News Portal

  • नेपाल लाइफ इन्स्योरेन्स कर्मचारी यूनियनको नेतृत्वमा कर्मालाल

    आर्थीकसंसार संवाददाता३० मंसिर, २०८१
    २५२ पटक
    ३० मंसिर, २०८१

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र कर्मचारी युनियनको अध्यक्ष पदमा कर्मालाल लामा योन्जन निर्वाचित भएका छन्।

    युनियनको आइतबार भक्तपुरको बोडेमा सम्पन्न सातौं महाधिवेशनले योन्जनको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको हो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्ष प्रशंसा बस्नेत, प्रदेश उपाध्यक्ष प्रिन्स पाैडेल(काेशी), रंजीत कुमार यादव(मधेश), रेशम खत्री(बागमती), विमला कँडेल(गण्डकी), रञ्जिता यादव(लुम्बिनी), खिम प्रकाश विष्ट(कर्णाली) र दिपक पन्त(सुदूरपश्चिम) रहेका छन् ।

    कर्मालाल लामा योन्जन

    यसैगरी महासचिव पदमा दिपक प्रसाद लुइटेल, सचिव उषा श्रेष्ठ, कोषाध्यक्ष कपिल देव भट्ट, सदस्य सन्तु बोहरा, प्रितम निराैला, प्रकाश सिटाैला, सत्यराज जाेशी, सोम कुमारी थिङ, जागृत घिमिरे र उमेश खत्री रहेका छन् ।

    प्रतिकृया दिनुहोस्