News Portal

  • प्रभु महालक्ष्मी लाइफको मुटुरोग शिविरबाट ५ सय सर्वसाधारण लाभान्वित

    आर्थीकसंसार संवाददाता३० मंसिर, २०८१
    २०१ पटक
    ३० मंसिर, २०८१

    काठमाडौं । जीवन बीमक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शनिबार नागार्जुनमा सञ्चालन गरेको मुटुरोग जाँच शिविरबाट पाँच सयभन्दा बढी स्थानीयबासिन्दा लाभान्वित भएका छन् ।

    वडा नम्बर १ को कार्यालय परिसरमा सञ्चालित शिविरमा ओम अस्पतालका मुटुरोग विशेषज्ञ डा. कमल लम्सालको नेतृत्वमा रहेको सात सदस्यीय चिकित्सक टोलीले बिरामीको मुटुको स्वास्थ्य परिक्षण गरेको थियो।

    शिविरमा सहभागिहरूलाई निःशुल्क औषधी समेत वितरण गरिएको इन्स्योरेन्सले जानकारी दिएको छ।

    आठौं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा नायब प्रमुख कार्यकारी किशोर प्रसाद लामिछाने,नायब महाप्रबन्धक सोन बहादुर मगर, सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेल, सहायक प्रबन्धक बिनोद घिमिरे लगायतको उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस्