आर्थीकसंसार संवाददाता२८ मंसिर, २०८१
२८ मंसिर, २०८१काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १९ गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाको मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल मेलम्ची क्याफे, सिन्धुपाल्चोकमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष पनि कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छैन् ।
संस्थाले साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।