News Portal

  • एनपीएलको बीमा प्रायोजक बन्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

    आर्थीकसंसार संवाददाता१६ मंसिर, २०८१
    २८ पटक
    १६ मंसिर, २०८१

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नेपाल प्रिमियर लिग (एनपीएल) को बीमा प्रायोजक बनेको छ ।

    इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवारले एनपीएलमा आवद्ध भइ क्रिकेटको प्रवर्द्धनमा सघाउन पाउँदा कम्पनीले गर्व महसुस गरेको बताए ।

    कम्पनीले प्रतियोगिताका म्यान अफ दी म्याचलाई पुरस्कार प्रदान गर्नुका साथै खेलको प्रवर्द्धनात्मक प्लेकार्ड र टिसर्ट पनि प्रदान गरेको छ ।

    मंसिर १५ गतेदेखि सुरु भएको एनपीएल पुष ६ गतेसम्म चल्नेछ । एनपीएलमा आठ टिम समावेश छन् ।

    शनिबार भएको खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले सुखद सुरुवात गरेकाे छ ।

    प्रतिकृया दिनुहोस्