काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८० /८१ मा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको बार्षिक साधारण सभा प्रयोजनार्थ राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
आर्थीकसंसार संवाददाता१६ मंसिर, २०८१
१६ मंसिर, २०८१