News Portal

  • पेट्रोलको मूल्य बढ्यो, ग्यासको यथावत

    आर्थीकसंसार संवाददाता१५ मंसिर, २०८१
    २२ पटक
    १५ मंसिर, २०८१

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी आयल निगमले प्रतिलिटर १ रुपैयाँले पेट्रोलको मूल्य बढाएको हो ।

    यस्तै, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १५ डलरले बढेको निगमले जनाएको छ ।

    खाना पकाउने ग्यासको भने मूल्य यथावत् रहेको निगमतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    यो सँगै पहिलो वर्गमा पेट्रोलको मूल्य १५७.५० रुपैयाँ, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम भएको छ ।

    पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल रहेका छन् ।

    प्रतिकृया दिनुहोस्