News Portal

  • सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

    आर्थीकसंसार संवाददाता१२ मंसिर, २०८१
    ३७ पटक
    १२ मंसिर, २०८१

    काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएल बीच बैंकले दर्ता गरेका मर्चेन्टहरुको क्यूआरमा अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङहरूमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ ।

    यस सम्झौताअन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ ।

    एनसीएचएलले अलिपे प्लससँग अन्तराष्ट्रिय भुक्तानी पार्टनरका रूपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहलअनुरूप अब सिद्धार्थ बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

    चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटालीलगायतका देशबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

    यस प्रणालीबारेमा थप जानकारीका लागि २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

    यस सम्झौताले आगामी दिनहरुमा नेपालमा क्रस बोर्डर डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ ।

    सिद्धार्थ बैंक र एनसीएचएलले संयुक्त रूपमा डिजिटल भुक्तानीको पहुँच र उपयोगलाई देशव्यापी रूपमा विस्तार गर्न प्रतिबद्धता जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्