News Portal

  • सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०८१
    १७८ पटक
    ११ मंसिर, २०८१

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले बैंकका संस्थापक शेयरधनीहरूले किन्न पाउने गरी ४९ हजार ९२८।८९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । बैंकका केही संस्थापकको नाममा रहेको शेयर बैंकले विक्रीमा राखेको हो ।

    उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ निर्धारण गरिएको छ। उक्त शेयर किन्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    बैंकले तोकेको सो समयसीमाभित्र बैंकका संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकको भनाइ छ ।
    प्रतिकृया दिनुहोस्