News Portal

  • मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०८१
    १४ पटक
    ९ मंसिर, २०८१

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार रुपैयाँको ९.५० प्रतिशतका दरले १० करोड ५६ लाख ७३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशतका दरले ५५ लाख ६१ हजार रुपैयाँ नगद गरी कुल १० प्रतिशत अर्थात् ११ करोड १२ लाख ३५ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसी प्रसाद वस्तीले जानकारी दिए ।

    यसअघि आर्थिक वर्ष २०७९/८० मा बैंकले ९।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्