News Portal

  • राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओका लागि सर्टलिस्टमा परेनन् कुनै पनि उम्मेदवार

    आर्थीकसंसार संवाददाता५ मंसिर, २०८१
    २८९ पटक
    ५ मंसिर, २०८१

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि कुनै पनि उम्मेदवार सर्टलिस्टमा पर्न असफल भएका छन्।

    कम्पनीको सीईओ छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशित गर्दै सीईओ पदका लागि कुनै पनि उम्मेदवार सर्टलिस्टमा पर्न असफल भएको जानकारी गराएको हो।

    समितिले गत असोज १६ गते एक सूचना जारी गर्दै सीइओ पदमा दरखास्त पेस गर्न आह्वान गरेको थियो। उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको थियो।

    उक्त पदमा सूचना प्रकाशति भएको मितिले २१ दिनभित्र कार्यालय समयमा कम्पनीको काठमाडौंको रामशाहपथस्थित कार्यालयमा दरखास्त दिन भनिएको थियो।

    उम्मेदवारले पेस गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कुल पूर्णांक ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि समितिले सर्टलिस्ट गर्नुपर्ने प्रावधान रहेको छ। तर, कुनै पनि उम्मेदवारले ६० प्रतिशत अंक प्राप्त गर्न नसकेकोले सर्टलिस्टका लागि छनोट नभएको समितिले जनाएको छ।

    प्रतिकृया दिनुहोस्