आर्थीकसंसार संवाददाता५ मंसिर, २०८१
५ मंसिर, २०८१काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ४ करोड ३६ लाख ६६ हजार ३१६.७२ रुपैयाँको कुल ७ प्रतिशतले हुन आउने ७ करोड ३० लाख ५६ हजार ६४२.१७ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।