News Portal

  • राष्ट्रिय बीमा कम्पनीले मंसिर १६ गतेबाट अभिकर्ता तालिम सञ्चालन गर्दै

    आर्थीकसंसार संवाददाता४ मंसिर, २०८१
    २३ पटक
    ४ मंसिर, २०८१

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । यस कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाहरुको लागि यस कम्पनीले मंसिर १६ गतेदेखि मंसिर १८ सम्म काठमाडौंमा निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने जनाएको हो ।

    इच्छुक व्यक्ति तथा संस्थाहरुले निवेदन पेश गर्नुपर्नेहुन्छ । तालिम केन्द्रिय कार्यालय, काठमाडौं, नेपालमा हुने कम्पनीले जनाएको छ । तालिम बिहान १० बजदेखि ४ बजेसम्म हुनेछ । तालिमशुल्क एक हजार रुपैयाँ लाग्नेछ । तालिमका लागि कम्पनीले ०१ ५२५८८६६, एस्टेन्सन, ३०४, ३०८ मा सम्पर्क गर्नुपर्नेछ ।

    तालिम लिनका लागि आवश्यक कागजातहरु
    निबेदन पत्र
    नेपाली नागरिकताको प्रतिलिपि ।
    शैक्षिक योग्यता  (SEE) SLC Mark Sheet, Charactr Certificate ) प्रमाण पत्रको प्रतिलिपि ।
    हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।
    संस्थाको हकमा कुनै एक संचालकले तालिम लिनुपर्नेछ ।
    Pan Card  को प्रतिलिपि ।

    प्रतिकृया दिनुहोस्