आर्थीकसंसार संवाददाता३० कार्तिक, २०८१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम गरेको छ । सोही अभियान अन्तर्गत कम्पनीको बुटवल शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
शिखर इन्स्योरेन्स कम्पनी र नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा व्यवसायी, बैंकर, कम्पनीका कर्मचारी तथा स्थानीयबासीहरुको सक्रिय सहभागितामा थियो ।
बुटवलको दियालो फुडलाण्डमा भएको रक्तदानमा १०२ जनाले रक्तदान गरेको का थिए ।बुटवल रक्त सञ्चार केन्द्रका अनुसार अहिले अस्पतालमा उपचाररत डेङ्गीका गम्भीर बिरामीहरू बढेकाले रक्त सञ्चार केन्द्रमा रगतको अभाव देखिएको छ ।