आर्थीकसंसार संवाददाता३० कार्तिक, २०८१
३० कार्तिक, २०८१काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आज एफपीओ बाँडफाँड भएको हो।
एफपीओमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकमार्फत १ करोड ९६ लाख ९६ हजार १८० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ३९९ आवेदन रद्द भएका छन् भने १३ लाख ४७ हजार ५१३ आवेदन स्वीकृत भएको थियो । सोही अनुसार एफपीओ बाँडफाँड भएको हो ।
लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गरेको थियो।