News Portal

  • पहिलो त्रैमासमा नेशनल इन्स्योरेन्सको वित्तीय प्रदर्शन कस्तो ?

    आर्थीकसंसार संवाददाता३० कार्तिक, २०८१
    ११ पटक
    ३० कार्तिक, २०८१

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा गिरावट देखिएको छ ।

    कम्पनीले पहिलो त्रैमाससम्ममा १८ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १६ प्रतिशतले घटेको हो ।

    चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३४ करोड ६ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३६ करोड ३१ लाख रहेको छ । महाविपत्ती कोषमा २ करोड ३ लाख रहेको छ ।

    समीक्षा अवधिमा कम्पनीले २० करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको छ ।

    समीक्षा वर्षमा कम्पनीले ११ करोड ७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ५३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ९ करोड १३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८ करोड ९८ लाख रुपैयाँ खर्चिएको थियो ।

    समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ६९ लाख ७९ हजार रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा २२ लाख ४४ खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको हो ।

    प्रतिकृया दिनुहोस्