News Portal

  • शिखर इन्स्योरेन्सको नाफासँगै ईपीएस पनि बढ्यो, १.७६ अर्ब पुग्यो विशेष कोष

    आर्थीकसंसार संवाददाता२९ कार्तिक, २०८१
    ११ पटक
    २९ कार्तिक, २०८१

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले २.५१ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

    असोज मसान्तसम्म कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १.५७ प्रतिशत बढेको हो ।

    असोजसम्म कम्पनीले १९ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ७९ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ०.५४ प्रतिशत बढेको हो ।

    यसअवधिमा कम्पनीले ५५ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने ३९ करोड ३८ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५६ करोड २२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो भने ४० करोड ६७ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ, विशेष कोषमा १ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड ५७ लाख रुपैयाँ, सञ्चित नाफा ३५ करोड ६१ लख रुपैयाँ र अन्य इक्विटीमा ६४ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

    नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १६.९४ रुपैयाँबाट बढेर १७.३६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०९.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९.८२ गुणा छ ।

    प्रतिकृया दिनुहोस्