News Portal

  • रिलायबल नेपाल लाइफको नाफामा ६७ प्रतिशत उछाल, १०.८३ अर्ब नाघ्यो जीवन बीमा कोष

    आर्थीकसंसार संवाददाता२९ कार्तिक, २०८१
    १० पटक
    २९ कार्तिक, २०८१

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले  ६६.९९ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

    असोज मसान्तसम्म कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.११ प्रतिशत बढेको हो ।

    समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ, सेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड ७६ लाख रुपैयाँ, सञ्चित नाफा ९१ करोड ३८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष १० अर्ब ८३ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

    नफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.१९ रुपैयाँ छ ।

    प्रतिकृया दिनुहोस्