News Portal

  • तिहारमा सरकारको उपहार, घटायो डिजेल र मट्टितेलको भाउ

    आर्थीकसंसार संवाददाता१६ कार्तिक, २०८१
    ४४ पटक
    १६ कार्तिक, २०८१

    काठमाडौं । यतिबेला देशभर तिहारको रौनक छाएको छ । तिहार पर्वमा रमाइरहेका नेपालीहरूलाई सरकारले थप उपहारस्वरुप डिजेल र मट्टितेलको भाउ घटाइदिएको छ ।

    नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएसँगै सर्वसाधारणमा केही राहत जस्तै बनेको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले बिहीबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

    मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर १४७.५० रुपैयाँ, दोस्रो वर्गका लागि १४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ ।

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौं, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।

    इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा १.०४ रुपैयाँले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्