आर्थीकसंसार संवाददाता१४ कार्तिक, २०८१
१४ कार्तिक, २०८१काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नुमनाथ पौडेल नियुक्त भएका छन्।
संस्थाको सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। पौडेललाई ४ वर्ष अवधिको कार्यकालका लागि सीईओमा नियुक्त गरिएको छ।
पौडेलको नियुक्ति कात्तिक १६ गतेबाट लागू हुने संस्थाले जनाएको छ।