News Portal

  • एनआईसी एशिया लघुवित्तको पहिलो त्रैमासिक बजेट समिक्षा सम्पन्न

    आर्थीकसंसार संवाददाता९ कार्तिक, २०८१
    २६३ पटक
    ९ कार्तिक, २०८१

    काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासिक बजेट समिक्षा कार्तिक ६ देखि ७ गते सम्म सम्पन्न गरेको छ । मधेश प्रदेश अन्तर्गत प्रदेश प्रमुख, अनुगमन अधिकृत, तथा शाखा प्रमुखहरुलाई चितवनको होटल प्याराडाईज, सौराहामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे तथा सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने र कमल बहादुर खत्रीबाट सहभागीहरुलाई शाखा संचालन तथा व्यवस्थापन तालिम प्रदान गरिएको थियो ।

    साथै बजेट समीक्षा अन्तर्गत पहिलो त्रैमासिक अवधिमा भएको कार्य सम्पादनको विषयममा पनि समीक्षा गर्दै आगामी कार्य याजनाबारे छलफल गरेको संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्